कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, ७ दिनभित्र आवेदन दिन आग्रह
प्रकाशित मिति
२०८३ भाद्र ४ गते, बिहीबार ०९:४३
४ भदौ २०८३ काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीले शेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले संस्थापक शेयर खरिदका लागि आवेदन माग गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार संस्थापक शेयरधनीका लागि ३५ दिनको सार्वजनिक सूचना प्रकाशित गरी शेयर खरिदका लागि आह्वान गरिएको थियो । तर, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थालाई संस्थापक शेयर खरिद गर्न आह्वान गरिएको बैंकले जनाएको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक कागजात र प्रमाणसहित आवेदन दिन आग्रह गरेको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले आफूले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट रूपमा खुलाएर बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । बैंकका अनुसार संस्थापक शेयर खरिदका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंकको प्रचलित नियम तथा बैंकले तोकेका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।




प्रतिकृया