• ३ भदौ २०८३, बिहीबार
  • ११:२५ बिहान

रवि–बालेनको कार्यशैली धुर्मुस–सुन्तलीको परियोजनाजस्तै हुन सक्ने शंकर पोखरेलको टिप्पणी

प्रकाशित मिति

२०८३ भाद्र ४ गते, बिहीबार १०:४७

४ भदौ २०८३ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा ठूलो परियोजना अघि बढाउनु अपरिपक्व कदम भएको बताएका छन् । उनले अहिलेको नयाँ राजनीतिक नेतृत्व रवि–बालेन समूहको कार्यशैलीसँग समेत त्यसको तुलना गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पोखरेलले रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस–सुन्तलीको रंगशाला निर्माण परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको उल्लेख गरेका छन् ।

Kamana Sewa

उनले अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि त्यही दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन् । पोखरेलका अनुसार राजनीति लामो संघर्ष, समर्पण तथा राज्य सञ्चालनको कला र विज्ञान हो । डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता सञ्चालन गर्न खोज्दा मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको उनको टिप्पणी छ ।

Classic Tech Desktop

पोखरेलले स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गरिए भविष्यमा धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

उनले समयमै सचेत हुन नयाँ राजनीतिक नेतृत्वलाई आग्रह गर्दै राज्य सञ्चालनमा लोकप्रियताभन्दा दीर्घकालीन योजना, स्रोत व्यवस्थापन र संस्थागत क्षमतालाई प्राथमिकता दिनुपर्ने संकेत गरेका छन् ।

प्रतिकृया