• २९ साउन २०८३, शुक्रबार
  • ११:५३ बिहान

हिमालयन बैंकको नाफा १०४१ प्रतिशत उकालो, ब्याज आम्दानी भने घट्यो

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०९:४२

२९ साउन २०८३ काठमाडौं – हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १०४१.१६ प्रतिशतले बढेको हो। अघिल्लो आवमा बैंकको खुद नाफा १२ करोड ९७ लाख ६० हजार रुपैयाँ थियो।

नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको मुख्य आम्दानीका सूचकमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७४ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ।

Kamana Sewa

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.०३ प्रतिशतले घटेर ११ अर्ब १६ करोड १ लाख रुपैयाँ कायम भएको छ। सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा झरेको छ। बैंकको वितरणयोग्य मुनाफा भने अझै ठूलो ऋणात्मक अवस्थामा रहेको छ। गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक छ। अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो।

Classic Tech Desktop

हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ रहेको छ। बैंकले गत असार मसान्तसम्म ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कर्जा लगानी २ खर्ब २७ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात ७.९७ प्रतिशत रहेको छ।यसरी खुद नाफामा असाधारण वृद्धि देखिए पनि खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा तथा वितरणयोग्य नाफाको अवस्थाले बैंकको वित्तीय स्वास्थ्यमा अझै चुनौती कायमै रहेको देखाउँछ।

प्रतिकृया