सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले
प्रकाशित मिति
२०८३ श्रावण १९ गते, मंगलवार ०२:४९
१९ साउन २०८३ काठमाडौं – प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सुनसरीमा भएको साम्प्रदायिक तनावपछि उत्पन्न घटनाक्रममा चार जना युवाले ज्यान गुमाएको उल्लेख गर्दै समयमै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए।
उनले समयमै हातहतियार प्रदर्शन नियन्त्रण गर्न सकेको भए यस्तो दुःखद अवस्था सिर्जना नहुने दाबी गर्दै मृतकहरूको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। सांसद बरालले सरकारले गठन गरेको हालको छानबिन समितिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै पूर्वन्यायाधीशको नेतृत्वमा निष्पक्ष र अधिकारसम्पन्न न्यायिक आयोग गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र स्थायी समाधान खोज्न माग गरे।

त्यस्तै, विराटनगरस्थित देवेनरा ग्रुपमाथि गरिएको छापाको शैलीप्रति पनि उनले आपत्ति जनाए। सांसद बरालले बढ्दो महँगी, बजारमा देखिएको एलपी ग्यास अभाव र आधारभूत सेवाको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै जनताका दैनिक समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।





प्रतिकृया