• १८ साउन २०८३, सोमबार
  • ४:३७ बेलुका

जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०१:४२

१८ साउन २०८३ काठमाडौं – गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको १ खर्ब ३७ अर्ब ७३ करोड ३ लाख रुपैयाँको तुलनामा ९.३६ प्रतिशतले बढी हो।

नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दै अग्रस्थान कायम गरेको छ। त्यसपछि नेशनल लाइफले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ र हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।

Kamana Sewa

त्यसैगरी सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ र मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।

Classic Tech Desktop

यस्तै आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ २५.७६ प्रतिशतको वृद्धिसहित शीर्ष स्थानमा रहेको छ। त्यसपछि सिटिजन लाइफ (१७.५८%), रिलायबल नेपाल लाइफ (१७.४३%), सन नेपाल लाइफ (१६.४१%), सानिमा रिलायन्स लाइफ (१५.८५%), प्रभु महालक्ष्मी लाइफ (१५.४६%) र सूर्यज्योति लाइफ (१४.५०%) को नवीकरण बीमाशुल्कमा उल्लेख्य वृद्धि भएको छ।

बीमा कम्पनीहरूले पुराना बीमालेख नवीकरणमार्फत स्थिर आम्दानी बढाउँदै लगेको तथ्यांकले देखाएको छ।

प्रतिकृया