• १८ साउन २०८३, सोमबार
  • ३:३३ बेलुका

जीवन बीमा कम्पनीले एक वर्षमा २ खर्बभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफ शीर्ष स्थानमा

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०१:१६

१८ साउन २०८३ काठमाडौं – गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले साउनदेखि असार मसान्तसम्म बीमा पोलिसी बिक्रीमार्फत उक्त रकम आर्जन गरेका हुन्।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै शीर्ष स्थान कायम गरेको छ। त्यसपछि नेशनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

Kamana Sewa

त्यसैगरी हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ तथा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

Classic Tech Desktop

यस्तै, सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र मेटलाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तारसँगै गत आर्थिक वर्षमा बीमाशुल्क संकलन उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ।

प्रतिकृया