कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ
प्रकाशित मिति
२०८३ श्रावण १३ गते, बुधबार ०३:३४
१३ साउन २०८३ काठमाडौं – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ। नेकपा र एमालेसँग संयुक्त रूपमा २४ सांसदको समर्थन रहेको छ। साउन ९ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सत्ता साझेदारी सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले पाएको हो। सोही सहमतिका आधारमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।
Related
Recent News
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया