भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन सांसदलाई संसद् सचिवालयको निर्देशन
प्रकाशित मिति
२०८३ श्रावण १ गते, शुक्रबार १२:१२
१ साउन २०८३ काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण भदौ २९ गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। सचिवालयले शुक्रबार सूचना जारी गर्दै सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र प्रमाणसहितको अद्यावधिक विवरण साउन १ देखि भदौ २९ गतेभित्र पेस गर्नुपर्ने जनाएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। सचिवालयले तोकिएको समयभित्र विवरण नबुझाउने सांसदमाथि कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

Related
Recent News
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
- निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी २.४८ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा
- काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै पहिचान, ४६ शव गोकर्णको जङ्गलमा व्यवस्थापन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया