गणेश नेपालीको मृत्युबारे जानकारी लिन गृहमन्त्रीले महानगरका अधिकारीलाई बोलाए
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०३:०८
२६ असार २०८३ काठमाडौं – राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृहमन्त्री सुदन गुरुङले घटनाबारे जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख तथा कार्यवाहक मेयर सुनिता डंगोललाई बोलाएका छन्।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका उनको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद जोगाउन नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गृहमन्त्री गुरुङले घटनाको सम्पूर्ण विवरण बुझ्न तथा प्रारम्भिक अवस्थाबारे जानकारी लिन महानगरका जिम्मेवार अधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।

घटनापछि सम्बन्धित निकायहरूले घटनाको कारण, त्यसअघिको परिस्थितिलगायतका विषयमा अनुसन्धान अघि बढाएका छन्।




प्रतिकृया