• २७ असार २०८३, शनिबार
  • १२:५४ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०९:२०

२६ असार २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Kamana Sewa

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका धेरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।

Classic Tech Desktop

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिकृया