• २५ असार २०८३, बिहीबार
  • ५:०१ बेलुका

रौतहटमा प्रधानमन्त्री बालेनविरुद्ध प्रदर्शन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै पुतला दहन

प्रकाशित मिति

२०८३ असार २५ गते, बिहीबार ०४:२२

२५ असार २०८३ रौतहट – रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको बजेट प्रभावित भएको र विकास निर्माणका काम अवरुद्ध भएको आरोप लगाउँदै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

Kamana Sewa

प्रदर्शनका क्रममा उनीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊँ’ तथा ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।

Classic Tech Desktop

स्थानीयका अनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु उचित नभएको भन्दै तत्काल नयाँ अधिकृत खटाउन माग गरिएको छ।

उनीहरूको भनाइअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसपछि अर्को अधिकृत नपठाइएकाले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको उनीहरूको आरोप छ।

प्रतिकृया