राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०३:०१
२५ असार २०८३ काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ती पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।
घटनापछि प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पठाएको छ। उनको अवस्था बारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार घाइते पुरुषको परिचय अझै खुल्न सकेको छैन। उनले आत्मदाहको प्रयास किन गरे भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related
Recent News
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
- बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
- गृहमन्त्री गुरुङको ब्रिफिङ : विपद्पछि उद्धार र सुरक्षा कार्यमा सुरक्षा निकाय परिचालन
- बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया