• २३ असार २०८३, मंगलबार
  • १२:३० बिहान

चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ संशोधन प्रस्ताव दर्ता

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार १२:४६

२२ असार २०८३ काठमाडौं – प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमाथि सांसदहरूले १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। संघीय संसद सचिवालयका अनुसार २४ समूहमा विभाजन गरी विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन्।

संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल (आचार्य), सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका काउँचा, कमल सुवेदी, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भीमकुमारी बुढामगर, गुरुप्रसाद बराल र पार्वती विक लगायत रहेका छन्।

Kamana Sewa

त्यसैगरी मनिष झा, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिनकुमार आचार्य, ज्ञानबहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भूमिका लिम्बु सुब्बा, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल र भूमिका श्रेष्ठले पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन्।

Classic Tech Desktop

चलचित्र विधेयक २०८२ वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाले उक्त विधेयक २०८२ माघ २८ गते पारित गरी प्रतिनिधिसभामा पठाएको थियो। हाल प्रतिनिधिसभामा उक्त विधेयकमाथि छलफलको प्रक्रिया जारी छ। विक्रम संवत् २०२६ मा बनेको चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्दै संघीय शासन व्यवस्था, समावेशी अवधारणा र नयाँ प्रविधिअनुसार कानुनी व्यवस्था गर्न नयाँ चलचित्र विधेयक ल्याइएको हो।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा विकास गर्ने, चलचित्रमार्फत नेपाललाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि परीक्षणको व्यवस्था गर्ने तथा स्वदेशी चलचित्र उद्योगको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

प्रतिकृया