• २२ असार २०८३, सोमबार
  • ११:४१ बेलुका

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने रास्वपाका सांसद प्रसाईँको माग

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार ०१:३१

२२ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णालीमा भएको बस दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुर्घटनाको उद्धार कार्यमा विपक्षी दलले उठाएका लापरबाहीका आरोप सत्य हुन् वा होइनन् भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

प्रसाईँले यस विषयमा गृहमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन सभामुखबाट रुलिङ गर्न पनि माग गरे। उनले भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारले अवलम्बन गर्ने योजना पनि संसदमार्फत सार्वजनिक गर्नुपर्ने बताए।

Kamana Sewa

सांसद प्रसाईँले कर्णाली राजमार्गको सुरक्षा, उद्धार संयन्त्रको क्षमता वृद्धि तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको स्पष्ट कार्ययोजना आवश्यक रहेको धारणा राखे।

Classic Tech Desktop

प्रतिकृया