• २२ असार २०८३, सोमबार
  • ११:४० बेलुका

कर्णाली बस दुर्घटनामा उद्धारमा सरकार असफल भएको शाहीको आरोप

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार १२:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनामा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले दुर्घटनापछि भीरमा अड्किएका यात्रुले जीवनको याचना गरिरहे पनि समयमै उद्धार हुन नसकेको दाबी गरे।

उनले उद्धारका लागि हेलिकप्टर नपठाई मन्त्रीहरूको सवारीका लागि हेलिकप्टर प्रयोग गरिएको आरोप लगाउँदै सरकारले कर्णालीप्रति गम्भीर बेवास्ता गरेको बताए। शाहीले उद्धार टोलीसँग आवश्यक साधन–स्रोतको अभाव रहेको उल्लेख गर्दै सरकारले विपद्का बेला उद्धारलाई प्राथमिकता दिन नसकेको टिप्पणी गरे।

Kamana Sewa

उनले प्रदेश सरकारमा भागबण्डाको राजनीतिमा नेताहरू व्यस्त रहेका बेला दुर्घटनामा परेका नागरिकले समयमै उद्धार नपाएको आरोप पनि लगाए। सांसद शाहीले कर्णालीका नागरिकले पनि समान रूपमा बाँच्न पाउने अधिकार रहेको उल्लेख गर्दै सरकारसँग जवाफ मागे।

Classic Tech Desktop

‘कर्णाली नेपालमा हो कि होइन ? कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन् ?’ भन्दै उनले संसदबाट यस विषयमा रुलिङ गर्न पनि सभामुखसँग माग गरेका छन्।

प्रतिकृया