• २० असार २०८३, शनिबार
  • १०:१५ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०६:१९

२० असार २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ।

बागमती र लुम्बिनीका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Kamana Sewa

आज दिउँसो हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा र तराईका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेससहित कोशी, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान छ।

Classic Tech Desktop

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, यी चारै प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिकृया