• २० असार २०८३, शनिबार
  • १०:३९ बिहान

केप भर्डेले फेरि गर्‍यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०६:१२

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध दोस्रोपटक बराबरी गोल फर्काएको छ। मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयको १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले शानदार गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्‍याएका हुन्।

यसअघि अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए।

Kamana Sewa

निर्धारित समय १–१ को बराबरीमा सकिएको खेलमा अतिरिक्त समयमा पनि दुवै टोलीले एक–एक गोल गरेपछि प्रतिस्पर्धा २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया