• २० असार २०८३, शनिबार
  • १०:१६ बिहान

अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०६:००

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको सुरुमै गोल गर्दै केप भर्डेविरुद्ध २–१ को अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय सुरु भएको थियो। अतिरिक्त समयको ९२औँ मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाएका हुन्।

यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। तर दोस्रो हाफको ५९औँ मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा फर्काएका थिए।

Kamana Sewa

निर्धारित समयमा केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई थप गोल गर्नबाट रोकेका थिए। हाल अतिरिक्त समय जारी छ र अर्जेन्टिना २–१ ले अघि रहेको छ। यस खेलको विजेताले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

Classic Tech Desktop

प्रतिकृया