• २० असार २०८३, शनिबार
  • १०:०७ बिहान

अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०५:५३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा अर्जेन्टिना र केप भर्डेबीचको खेल अतिरिक्त समयमा पुगेको छ। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेता टुंगो लगाउन खेल अतिरिक्त समयमा धकेलिएको हो।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काएका हुन्।

Kamana Sewa

बराबरीपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि केप भर्डेका गोलकिपर र रक्षापङ्क्तिले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुन दिएनन्। निर्धारित समयमा नतिजा ननिस्किएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको हो।

Classic Tech Desktop

प्रतिकृया