• १६ असार २०८३, मंगलबार
  • १२:१२ बेलुका

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०९:३२

१६ असार २०८३ कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको हो।

दुर्घटनामा चालकसहित २२ यात्रु घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको टाउको, छाती, कम्मर, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ।

Kamana Sewa

दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए। घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

दुर्घटनापछि क्रेनको सहायताले पल्टिएको बस हटाएर हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन पुनः सुचारु गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया