आज असार १५ दही चिउरा खाएर मनाइँदै
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार १०:११
१५ असार २०८३ काठमाडौं- हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा रोपाइँ गर्दै र दही–चिउरा खाएर मनाइँदै छ। कृषि संस्कृतिसँग गासिएको यो दिन किसानका लागि विशेष महत्वको मानिन्छ।
रोपाइँको व्यस्त कामपछि थकान मेटाउन र शरीरमा ऊर्जा प्राप्त गर्न दही–चिउरा खाने परम्परा रहिआएको छ। गर्मीयाम र खेतीपातीको चटारोका बेला दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा समेत मनाइन्छ। खेतमा रोपाइँमा संलग्न किसान मात्र होइन, विभिन्न पेशा, व्यवसाय तथा सेवामा आबद्ध नेपालीले पनि दही–चिउरा खाएर यो दिनलाई सांस्कृतिक उत्सवका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय धान दिवसले धान खेतीको महत्व उजागर गर्नुका साथै कृषि उत्पादन वृद्धि, किसानको सम्मान र नेपाली कृषि संस्कृतिको संरक्षणमा विशेष सन्देश दिने विश्वास गरिएको छ।




प्रतिकृया