को–को भए रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ? (मतपरिणामसहित)
प्रकाशित मिति
२०८३ असार १२ गते, शुक्रबार ०९:१०
१२ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले ९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचित उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजाअनुसार अर्थमन्त्रीसमेत रहेका डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपाले खुला, समावेशी समूह तथा प्रदेशगत कोटाबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। खुलातर्फ ३२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी सदस्य विभिन्न समावेशी क्लस्टर र सातै प्रदेशबाट निर्वाचित भएका हुन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचनपछि अब पदाधिकारी चयनको प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ।











प्रतिकृया