• १६ असोज २०८३, शुक्रबार
  • ५ः०७ बेलुका

एमालेको संसदीय दल र सचिवालय बैठक आज

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार १२:४२

९ असार २०८३ काठमाडौं – नेकपा एमालेले आज संसदीय दल र पार्टी सचिवालय बैठक बोलाएको छ। एमाले सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा संसद्को पछिल्लो गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

National Life

संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि आह्वान गरेको छ। सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष  केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने जनाइएको छ।

पार्टी सचिवालयले बैठकमा संगठनात्मक विषय, सरकारका गतिविधि, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका आगामी कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय गर्ने तयारी रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया