• ८ असार २०८३, सोमबार
  • १०:५२ बिहान

रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०७:१६

८ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यक्रम तय गरिएको छ। महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दोस्रो दिनको सत्र बिहान साढे ८ बजेदेखि सुरु हुनेछ। कार्यतालिकाअनुसार सुरुवातमा अनुशासन आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

Kamana Sewa

त्यसपछि बिहान १० बजेदेखि १०ः४५ बजेसम्म महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफलसमेत हुने जनाइएको छ।

Classic Tech Desktop

यस्तै, बिहान ११ः४५ बजे सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। राजनीतिक प्रतिवेदन पारित भएपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरिने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ।

निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार त्यसपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

प्रतिकृया