• ३ असार २०८३, बुधबार
  • १:५८ बिहान

माउन्ट एभरेष्ट पावरको आईपीओ भोलिदेखि खुल्दै

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०६:५०

२ असार २०८३ काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले भोलि असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। आईपीओ असार ८ गतेसम्म खुला रहनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँड गरिसकेपछि अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेअनुसार कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ।

Kamana Sewa

बाँकीमध्ये ३४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। यी छुट्याइसकेपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरो शेयर प्रणाली तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।

Classic Tech Desktop

कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस (CARE-NP BB+)’ इस्युअर रेटिङ दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एसेट क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिकृया