• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०२:२८

२ असार २०८३ काठमाडौं –  बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। मंगलबारको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

National Life

यसैगरी राष्ट्रिय योजना आयोग को सचिवालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफल पनि आजकै कार्यसूचीमा समावेश थियो।

खर्च कटौती प्रस्तावमाथिको छलफल सकिएपछि सभालाई अगाडि बढाउने क्रममा विपक्षी सांसदहरूले बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने भन्दै आपत्ति जनाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षी बेन्चबाट मन्त्रीहरूको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका हुन्। मन्त्रीहरूको उपस्थितिपछि बजेटमाथिको छलफल पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिकृया