• २ असार २०८३, मंगलबार
  • ३:३२ बेलुका

सुकुमवासीलाई लालपुर्जा दिन हर्कराज राईको माग, डुबान र सीमा समस्यामा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०२:२४

२ असार २०८३ काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले भूमिहीन तथा सुकुमवासी नागरिकहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सप्तरीको राजविराज क्षेत्रमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जा प्राप्तिको माग गर्दै एक महिनादेखि आन्दोलनरत रहेको जानकारी गराए। उनले करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्दै आएका स्थानीयले नगरपालिकालाई नियमित कर तिर्दै आए पनि हालसम्म लालपुर्जा नपाउनु अन्यायपूर्ण भएको बताए।

उनले रामधुनी–७ अन्तर्गत ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोवास गरिरहेका स्थानीयले समेत अहिलेसम्म लालपुर्जा नपाएको उल्लेख गर्दै नक्कली जग्गाधनी खडा गरेर स्थानीयलाई दुःख दिने काम भइरहेको आरोप लगाए।

Kamana Sewa

सांसद राईले सीमा क्षेत्रमा हुने डुबान समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। रौतहटको गौर आसपास क्षेत्रमा भारतले लालबकैया र बागमती नदीमा निर्माण गरेका उच्च बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्ट आएको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए।

Classic Tech Desktop

‘हाम्रो भूभाग डुबानमा पारेर छिमेकीको रक्षा गर्ने खालका सम्झौताहरू राष्ट्रघाती हुन्, यसबारे सरकारले आवश्यक कदम चाल्नुपर्छ,’ उनले संसदमा भने। त्यस्तै, उनले काठमाडौँको माइतीघर मण्डला मा विभिन्न माग राखेर लामो समयदेखि आन्दोलनरत नागरिकहरूको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। आन्दोलनरत पक्षका माग सम्बोधन गर्न उनले गृहमन्त्रीसँग आग्रह गरेका छन्।

सांसद राईले प्रधानमन्त्री बालेन शाह को ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त टिप्पणी संसद्को अभिलेखबाट हटाउन समेत माग गरेका छन्।

प्रतिकृया