• २ असार २०८३, मंगलबार
  • ३:५९ बिहान

कोशी प्रदेशले आज बजेट ल्याउँदै, आकार ४० अर्ब हाराहारी पुग्ने अनुमान

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १०:२३

१ असार २०८३ विराटनगर – संवैधानिक व्यवस्था अनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेश सरकारले पनि आज बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

बजेट सार्वजनिक गर्न दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेप ले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।

Kamana Sewa

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यस वर्ष कोशी प्रदेशको बजेट आकार करिब ४० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत बजेट अनुमान घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो ।

Classic Tech Desktop

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम तथा प्रदेशको आन्तरिक आम्दानी र सञ्चित कोषमा रहेको रकमका आधारमा बजेटको आकार बढाइएको जनाइएको छ । स्रोतका अनुसार संघीय अनुदानबाट करिब १६ अर्ब ५० करोड रुपैयाँ र राजस्व बाँडफाँटबाट करिब १३ अर्ब रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

यसपटक प्रदेश सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गर्ने योजनाका लागि पाउने बजेटसमेत वृद्धि गरिएको छ । प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यका लागि ४ करोड रुपैयाँ र समानुपातिकतर्फका सदस्यका लागि २ करोड ५० लाख रुपैयाँ बराबरका योजना समावेश गरिएको बताइएको छ ।

त्यसैगरी, प्रदेश सरकारले आगामी बजेटमार्फत करिब ५ अर्ब रुपैयाँ बराबरका नयाँ बहुवर्षीय आयोजना समेत थप गर्ने तयारी गरेको छ । पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा क्षेत्रगत विकासलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिकृया