विद्युतीय गाडी प्रकरणमा आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती, प्रमाण भए राजनीति नै छोड्छु
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ०१:२६
२८ जेठ २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (ईभी) सम्बन्धी सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा उनले यस्तो चुनौती दिएका हुन्।

अर्थमन्त्री वाग्लेले आफ्नो छवि धमिल्याउन नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसप्रति असन्तोष व्यक्त गरे। उनले आफू नैतिकताको उच्च मापदण्डमा रहेर काम गरिरहेको उल्लेख गर्दै लगाइएका आरोपप्रति भावुक बनेका थिए।

उनले भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्री मात्र होइन, राजनीति र सार्वजनिक जीवन नै त्यागिदिन्छु।” साथै उनले आरोप लगाउनेहरूलाई प्रश्न गर्दै अन्य सांसद वा राजनीतिज्ञमा यस्तो नैतिक साहस छ कि छैन भन्ने पनि टिप्पणी गरे।

विद्युतीय गाडी कर तथा नीति सम्बन्धी विषयमा उठेको विवादपछि अर्थमन्त्री वाग्लेले आफूविरुद्ध आएका आरोपहरू आधारहीन भएको दाबी गर्दै स्पष्ट प्रमाण माग गरेका हुन्।




प्रतिकृया