बजेटलाई ‘घाउ ननिको पारी नयाँ जुत्ता’सँग तुलना गर्दै हर्क साम्पाङको व्यंग्य
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ०१:३३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई असन्तुलित र प्राथमिकताविहीन भएको टिप्पणी गरेका छन्। बिहीबार संसदमा बोल्दै उनले बजेटलाई “खुट्टामा घाउ हुँदा उपचार नगरी नयाँ जुत्ता लगाउने प्रयास” जस्तो भएको भन्दै व्यंग्य गरे।

उनले भने, “अहिले खुट्टामा घाउ छ, यसको उपचार नगरी नयाँ जुत्ता खोजियो।” बजेटले देशका आधारभूत आवश्यकताहरूमा ध्यान दिन नसकेको उनको आरोप थियो।
साम्पाङले खानेपानी अभाव र दुर्गम क्षेत्रमा टेलिकम नेटवर्क नपुग्ने समस्या अझै गम्भीर रहेको उल्लेख गर्दै ती क्षेत्रलाई बजेटले प्राथमिकतामा नराखेको बताए।
उनले संसदमा बोल्दै सरकारप्रति व्यंग्य गर्दै काठमाडौं बाहिर पनि नेपाल रहेको विषयमा ध्यान दिन आग्रह गरे। बजेटले सन्तुलित विकासको दृष्टिकोण नअपनाएको उनको टिप्पणी थियो।






प्रतिकृया