• २५ भदौ २०८३, बिहीबार
  • २ः१५ राती

सर्वोत्तम पेन्ट्सको आईपीओ बिक्री खुला, कहिले सम्म दिन सकिन्छ आवेदन ?

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार १०:०९

२८ जेठ २०८३ काठमाडौं –  सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो। इच्छुक लगानीकर्ताले असार २ गतेसम्म आवेदन दिन सक्नेछन्।

National Life

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले विभिन्न प्रकारका प्राइमर तथा रङ उत्पादन गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की रहेका छन् भने सञ्चालकहरूमा लक्ष्मीदत्त पाण्डेय, नवीनप्रसाद भट्ट र कमलेश पाण्डेय छन्।

कम्पनीको आईपीओ निष्काशनसँगै लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया