• ५ असोज २०८३, सोमबार
  • २ः३३ दिउँसो

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार १०:३३

२७ जेठ २०८३ काठमाडौं –  एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

National Life

यसअघि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

कुल निष्काशनमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँड गरिसकिएको छ। बाँकी शेयरमध्ये ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसपछि बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ। कम्पनीका अनुसार आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ। त्यसपछि आवेदन संकलन प्रक्रिया बन्द हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया