• २१ जेठ २०८३, बिहीबार
  • ३:२२ बेलुका

विश्व पासपोर्ट र्‍याङ्किङमा नेपालले फड्को मार्‍यो, ९७औं स्थानमा पुग्यो

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०१:०८

२१ जेठ २०८३ काठमाडौं – विश्वका देशहरूको पासपोर्टको शक्ति मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ सार्वजनिक भएको छ। यस प्रतिवेदनमा देशका नागरिकले कति देशमा भिसाविना यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङ्किङ गरिएको हुन्छ।

नयाँ प्रतिवेदनअनुसार नेपालको पासपोर्टले केही सुधार गर्दै ९७औं स्थानमा उक्लिएको छ। गत वर्ष नेपाल १०१औं स्थानमा रहेको थियो। नेपालसँगै उत्तर कोरिया पनि ९७औं स्थानमा रहेको छ, जसको भिसा–फ्री स्कोर ३५ रहेको छ। प्रतिवेदन अनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना यात्रा गर्न सक्छन्।

Kamana Sewa

त्यसैगरी दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्। तेस्रो स्थानमा स्विडेन रहेको छ, जसको स्कोर १८६ छ। छिमेकी मुलुक भारत ७८औं स्थानमा रहेको छ भने भारतीय नागरिकले ५७ देशमा भिसाविना यात्रा गर्न पाउँछन्। चीन ५६औं स्थानमा रहँदा ८२ देशमा भिसा–फ्री पहुँच पाएको छ। पाकिस्तान भने १००औं स्थानमा रहेको छ।

Classic Tech Desktop

यता अमेरिका र बेलायतको पासपोर्टमा पनि परिवर्तन देखिएको छ। अमेरिका यस वर्ष १०औं स्थानमा पुनः प्रवेश गरेको छ भने बेलायत छैटौं स्थानमा उक्लिएको छ। सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ, जुन १०३औं स्थानमा छ। सिरिया १०२औं स्थानमा र इराक १०१औं स्थानमा रहेका छन्।

हेन्ली पासपोर्ट इन्डेक्सले विश्वभरका देशहरूको यात्रा स्वतन्त्रता र कूटनीतिक पहुँचका आधारमा पासपोर्टको शक्ति मूल्यांकन गर्ने गर्दछ।

प्रतिकृया