• १६ असोज २०८३, शुक्रबार
  • ८ः४० राती

नागरिकता प्रकरणमा फरार मेयर सिंह रिसोर्टबाट पक्राउ

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ११:१८

१९ जेठ २०८३ पर्सा – राजेशमान सिंह लाई प्रहरीले मंगलबार बिहान पर्साको ठोरीस्थित एक रिसोर्टबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले बिहान ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट सिंहलाई नियन्त्रणमा लिएको हो।

National Life

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए। प्रहरीले सिंहमाथि नागरिकतासम्बन्धी लिखत कसुरको आरोपमा अनुसन्धान अघि बढाउने जनाएको छ। पर्सा जिल्ला अदालतले जेठ १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

सिंहमाथि एक युवतीलाई नक्कली बाबु बनेर नेपाली नागरिकता बनाइदिएको आरोप छ। उक्त विषयमा २०८० फागुनमा किटानी जाहेरी दर्ता भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालयस्तरबाट समेत छानबिन भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले लामो समयदेखि खोजी गरिरहेको सिंहलाई ठोरीबाट पक्राउ गरेपछि अब उनीमाथि थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइने जनाएको छ।

प्रतिकृया