• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

पश्चिमी वायुको प्रभाव : आज देशका धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ १४ गते, बिहीबार ०९:१६

१४ जेठ २०८३ काठमाडौं – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Kamana Sewa

बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ ।

Classic Tech Desktop

आज राति पनि देशभर सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागसहित बाँकी तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिकृया