• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ०९:०९

२३ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग ले हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली सक्रिय रहेको जनाएको छ।

विभागका अनुसार अहिले मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Kamana Sewa

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

यस्तै, आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशीका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, अन्य प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

विभागले सम्भावित वर्षा, चट्याङ तथा हिमपातका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया