• ३१ भदौ २०८३, बुधबार
  • १०ः५६ राती

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण नतिरे सार्वजनिक सेवा बन्द गर्ने चेतावनी

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ०४:०१

२२ बैशाख २०८३ काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई समयमै कर्जा भुक्तानी गर्न आग्रह गरेको छ। समितिको कार्यालयले सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भई आफ्नो मातहतमा आएका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानी बसेका व्यक्तिहरूलाई कर्जाको साँवा, ब्याज र हर्जना तिर्न सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो।

National Life

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले ऋण नतिरेमा कडा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ। समितिका अनुसार समयमै कर्जा भुक्तानी नगरेमा धारा, बत्ती तथा सिफारिसजस्ता सार्वजनिक सेवा बन्द, नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कैद र जरिवाना समेत हुन सक्ने व्यवस्था रहेको छ।

समितिले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउन ऋणीहरूको सहकार्य आवश्यक रहेको पनि स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया