• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार ०९:०६

२१ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूको प्रभाव रहनुका साथै पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्र र दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाको प्रभावसमेत कायम रहेको छ।

हाल मधेश प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

Kamana Sewa

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य तराई क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

Classic Tech Desktop

त्यस्तै, आज राति पनि देशभर बदली कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ्ग, हावाहुरी र भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिमबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया