• ४ साउन २०८३, सोमबार
  • ५:३३ बिहान

आजदेखि भोलिसम्म तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०९:२७

१६ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार आज अपराह्नदेखि भोलि बिहानसम्म सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव देखिने जनाइएको छ।विशेषगरी कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ।

Kamana Sewa

बुलेटिनअनुसार हावाहुरी आज दिउँसो ४ बजेदेखि सुरु भई भोलि बिहान करिब ६:४५ बजेसम्म कायम रहने सम्भावना छ।मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गइरहेकोले देशभर यसको प्रभाव देखिन सक्नेछ।

Classic Tech Desktop

प्रतिकृया