• १ असोज २०८३, बिहीबार
  • १२ः४९ राती

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०९:२०

१६ बैशाख २०८३ काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

National Life

कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता शेयर निष्काशन गरिएको हो।

जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीय र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ। बाँकी शेयरमध्ये १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। अब अन्तिम रूपमा बाँकी १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गते तोकिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया