• ६ असोज २०८३, मंगलबार
  • ८ः५४ राती

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०८:४२

१० बैशाख २०८३ काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आजको मौसम मिश्रित रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ । तर, तराई भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

National Life

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । यता, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा तापक्रम बढ्ने र तातो दिनको अनुभव हुने सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ ।

आज राति भने कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसमविद्ले गर्मी तथा सम्भावित तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन र हिमाली क्षेत्रमा वर्षा–हिमपातका कारण यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिकृया