• ६ असोज २०८३, मंगलबार
  • ९ः३३ राती

सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिए, पारदर्शिता र कार्यशैलीमाथि प्रश्न

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार ०४:१०

९ बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २६ दिन नपुग्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। उनीहरूको कार्यशैली र पारदर्शितामाथि उठेका प्रश्नपछि यस्तो अवस्था आएको हो।

National Life

यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदबाट बाहिरिएका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराएको आरोपपछि विवादमा परेका उनलाई सम्बन्धित दलको सिफारिसमा प्रधानमन्त्रीले पदमुक्त गरेका थिए। त्यसैगरी हाल गृहमन्त्री सुधन गुरुङ ले पनि राजीनामा दिएका छन्। उनको सम्पत्ति र लगानीसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पद त्याग गरेका हुन्।

गुरुङले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भएको थियो। साथै माइक्रो इन्स्योरेन्स तथा अन्य क्षेत्रमा गरिएको लगानी र सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत भएको आर्थिक कारोबारबारे समेत प्रश्न उठेपछि उनी दबाबमा परेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सरकार बनेको छोटो अवधिमै दुई मन्त्री बाहिरिनुले सरकारको आन्तरिक व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वबारे गम्भीर बहस सुरु भएको छ।

प्रतिकृया