• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

महेश बस्नेतको आक्रोश: सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुन्छ

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०९:१३

१० बैशाख २०८३ काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेत ले वर्तमान सरकार चाँडै नै जनताको मन र सत्ताबाट बिदा हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न सरकारले निर्देशन दिएको विषयलाई लिएर तीव्र आलोचना गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह ले सुरक्षा प्रमुखलाई बोलाएर “शनिबार–आइतबारभित्र सुकुम्वासी बस्ती खाली गर” भन्ने उर्दी जारी गरेको आरोप लगाएका छन् ।

Kamana Sewa

बस्नेतले उक्त निर्णयले सरकारको “असली चरित्र नाङ्गो बनाएको” टिप्पणी गरेका छन् । साथै, उनले सरकारकै नेतृत्वकर्ता दलका सभापति रवि लामिछाने को पूर्व अभिव्यक्तिमाथि प्रश्न उठाउँदै “सुकुम्वासी बस्तीमा डोजर आयो भने छाती थाप्छु” भन्ने प्रतिबद्धता अहिले कहाँ हरायो भन्दै आलोचना गरेका छन् ।

Classic Tech Desktop

उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्— सुकुम्बासीलाई व्यवस्थापन गर्ने कि लखेट्ने ? गरिबी हटाउने कि गरिबलाई नै समाप्त पार्ने ? बस्नेतले सडक विस्तार, फुटपाथ व्यवस्थापन तथा भन्सारमा कडाइका नाममा साना व्यवसायी र निम्नवर्गीय नागरिकमाथि दबाब बढाएको आरोप लगाउँदै यसलाई “गरिबमाथिको सीधा हमला” को संज्ञा दिएका छन् ।

त्यस्तै, विद्यार्थी र कर्मचारी संगठनसम्बन्धी निर्णयहरूलाई समेत उल्लेख गर्दै उनले सरकार लोकतान्त्रिक अभ्यासभन्दा अधिनायकवादतर्फ उन्मुख भइरहेको दाबी गरेका छन् ।

अन्त्यमा उनले यस्तो “जनविरोधी शासन” विरुद्ध जनता चुप नबस्ने चेतावनी दिएका छन् ।

प्रतिकृया