एमाले स्थापना दिवसमा आज ओलीको सम्बोधन
प्रकाशित मिति
२०८३ बैशाख ९ गते, बुधबार १०:००
९ बैशाख २०८३ काठमाडौं – केपी शर्मा ओली ले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी का अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना हुने ७७औँ स्थापना दिवस कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन्।
सम्बोधनमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्ने अपेक्षा गरिएको छ। अध्यक्ष ओली हालै स्वास्थ्य समस्याबाट सुधारोन्मुख अवस्थामा छन्। उनलाई चैत १४ गते पक्राउ गरिएको थियो भने चैत २६ गते रिहा गरिएको थियो। त्यसपछि पित्तथैलीमा पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते घर फर्किएका ओली अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टीका केन्द्रीय सदस्य, जनसङ्गठनका पदाधिकारी तथा शुभेच्छकहरूलाई आमन्त्रण गरिएको छ।

नेपालमा पुष्पलाल श्रेष्ठ को नेतृत्वमा २००६ साल वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो, जसको स्मरणमा प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको छ।




प्रतिकृया