• २१ जेठ २०८३, बिहीबार
  • १०:१९ बिहान

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाख महिनाभर छुटै छुटको योजना

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार १२:२६

 २ बैशाख २०८३ काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स डिजिटल मन्थ उत्सव–१९औं एन्निभर्सरी सेलिब्रेसन क्याम्पेन २०८३’ नाराका साथ वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म छुट योजना मनाउने तयारी गरेको छ।

वैशाख महिनाभर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ। सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पीओएस वा ई–कमर्स ट्र्यान्ज्याक्सन मार्फत सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यास व्याक, मोवाईल बैंकिङ्ख अथवा डिजि बैंक मार्फत ई–कम कार्ड अनुरोध गरेमा कार्ड जारी गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

Kamana Sewa

त्यसैगरी निष्कृय व्यवसायिक क्यूआर भएका ग्राहकहरुले आफनो क्यूआर सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा पीओएस मशिन जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ्ख अथवा डिजि बैंक मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन्।

Classic Tech Desktop

त्यस्तै पारिवारिक सदस्यहरुको नंया खाता रिफर गरेमा प्रति खाता १०० रुपैयाँ क्यास व्याक, मोवाईल बैंकिङ्ख मार्फत अन्तर्राष्ट्रिय रेमिटेन्सको रकम भुक्तानी लिएमा २०० रुपैयाँ क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ। यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो। यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ।

प्रतिकृया