• १७ असोज २०८३, शनिबार
  • १ः४७ राती

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ९ ठाउँमा जग्गा, करोडौँको लगानी

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार ०९:१९

२९ चैत,२०८२ काठमाडौं –  अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार वाग्लेसँग देशका विभिन्न ९ स्थानमा जग्गा रहेको देखिएको छ। उनको नाममा काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत जग्गा रहेको उल्लेख गरिएको छ।

National Life

सुनतर्फ वाग्लेसँग ४५ तोला रहेको छ, जुन पारिवारिक तथा रोजगारीबाट आर्जन भएको जनाइएको छ। विभिन्न कम्पनीहरूमा गरी उनको करिब १ करोड ९० लाख रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।

यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा झण्डै १ लाख कित्ता प्रमोटर सेयर तथा अन्य करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी साधनतर्फ उनीसँग करिब ९४ लाख रुपैयाँ पर्ने ‘सुवानु एसभी’ रहेको उल्लेख छ।

ऋणतर्फ, उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख र व्यक्तिगत रूपमा २ करोड ५० लाख रुपैयाँ ऋण लिएको विवरण दिएका छन्। साथै, राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर तिरिसकेको समेत उल्लेख गरिएको छ।

प्रतिकृया