• २१ भदौ २०८३, आइतबार
  • ७ः१५ बेलुका

कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०९:२९

२७ चैत,२०८२ काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्।नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिएका छन्। दुर्घटनालगत्तै सुरक्षाकर्मीले यात्रुको उद्धार गरेका थिए।

National Life

घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया