उपसभामुख चयन आज: रुबी ठाकुर निर्वाचित हुने लगभग निश्चित
प्रकाशित मिति
२०८२ चैत्र २७ गते, शुक्रबार ०९:१८
२७ चैत,२०८२ काठमाडौं – आज प्रतिनिधि सभामा उपसभामुख पदका लागि निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने बैठकमा उपसभामुख चयनसम्बन्धी दुवै प्रस्ताव पेश हुने कार्यसूची तय गरिएको छ। उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा छन्।
ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौला छन्। यता सरस्वती लामाको प्रस्तावक राप्रपाका ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली भाट, खुस्बु ओली र भारत गिरी छन्।

निर्वाचनअघि नै राजनीतिक समीकरण स्पष्ट देखिएको छ। सत्तारुढ दल रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ भने नेपाली काँग्रेस, एमाले र नेकपाले पनि ठाकुरलाई साथ दिएका छन्।

सत्तापक्ष र प्रमुख विपक्षीसहितको व्यापक समर्थन प्राप्त भएकाले रुबी कुमारी ठाकुर उपसभामुख निर्वाचित हुने लगभग निश्चित देखिएको छ




प्रतिकृया