सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल: तत्काल समाधानयोग्य समस्या पहिचानमा जोड
प्रकाशित मिति
२०८२ चैत्र १६ गते, सोमबार ०२:५२
१६ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विभिन्न प्रदेशका सांसदहरूसँग आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर उनले समस्याप्रति चासो राखेका हुन्।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपाने ले प्रदेशको सामूहिक समस्या तथा आ–आफ्नो निर्वाचन क्षेत्रका मुद्दा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको जानकारी दिए।
न्यौपानेका अनुसार प्रधानमन्त्री शाहले समस्या समाधानका सम्भावित उपायबारे जिज्ञासा राख्दै बजेट र प्राथमिकताका आधारमा समाधान गर्ने धारणा राखेका छन्।
केही समस्या बजेट अभावका कारण समाधान हुन समय लाग्ने भए पनि तत्काल समाधान गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको पनि उनले बताए।








प्रतिकृया