• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

केपी शर्मा ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन जारी

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०२:४२

१६ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सोमबार पनि प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ।

बागमती प्रदेश कमिटीको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन्। एमालेले ओली पक्राउ परेदेखि नै निरन्तर प्रदर्शन गर्दै आएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा तत्कालीन प्रधानमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

Kamana Sewa

उक्त सिफारिसका आधारमा प्रहरीले गत शनिबार उनलाई पक्राउ गरेको हो।

Classic Tech Desktop

प्रतिकृया